२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा विजयी (विजयी सम्पूर्णको विवरणसहित)

१२ चैत, काठमाडौँ । सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी भएकी छिन । शक्रबार मध्यरातमा घोषित मतपरिणाम अनुसार तुम्खेवाले अध्यक्षमा ८५ मतका साथ विजयी भएकी हुन । उनीसँग पराजित हुने कमला पन्थीले ८३ मत प्राप्त गरिन । अध्यक्षमा जम्मा दुई मतको अन्तरमात्र परेको छ ।

त्यस्तै उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन । उपाध्यक्षमा पवित्राले गीताकुमारी मैनालीलाई पराजित गरिन । त्यस्तै महासचिवमा बसन्तीले यशोदा अधिकारीलाई पराजित गरिन । त्यस्तै सचिवमा दुर्गाले पवनवर्षा शाहलाई पराजित गरिन । कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पराजित गरिन ।

महाधिवेशनबाट सदस्यहरूमा ८ जना विजयी भएका छन । सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्शरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार ०१:५४