२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

म समाजवादीमा छैन, मेरो नाम दुरूपयोग भयोः उर्जाविज्ञ प्रकाश दुलाल

११ चैत, काठमाडौँ । उर्जाविज्ञ प्रकाश दुलालले आफू नेकपा एकीकृत समाजवादीमा नरहेको प्रष्ट पारेका छन । समाजवादीले शुकुबार विभागहरूको पूर्णता दिएको भन्दै निकालेको सूचीमा उर्जा विभागमा नाम राखिएपछि उर्जाविज्ञ दुलालले आफू एमालेमा निष्क्रिय रहे पनि कुनै पार्टीमा नगएको बताएका छन ।

उनले समाजवादीले आफ्नो नाम दुरूपयोग गरेको भन्दै हटाउन अनुरोध गरेका छन । दुलालले एमालेमा र नेकपा हुँदा आफू ऊर्जा विभागमा सदस्य रहेको भए पनि त्यसपछि कुनै पनि पार्टीमा क्रियाशिल नरहेको बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार २१:२०