१० आश्विन २०८१, बिहीबार | Fri Sep 27 2024

आजको विदेशी मुद्राको विनिमय दर

११ चैत्र, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ८९ पैसा र बिक्री दर १२२ रुपैयाँ ४९ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ८७ पैसा र बिक्री दर १३४ रुपैयाँ ५२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ७१ पैसा र बिक्री दर १६१ रुपैयाँ ५० पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर ३० रुपैयाँ ६६ पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ १७ पैसा र बिक्री दर ९१ रुपैयाँ ६२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ४१ पैसा छ । जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ दुई पैसा र बिक्री दर १० रुपैयाँ सात पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १३ पैसा र बिक्री दर १९ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४९ पैसा र बिक्री दर ३२ रुपैयाँ ६५ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २८ पैसा र बिक्री दर ३३ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ एक पैसा कायम भएको छ

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार १०:४६