२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सञ्चारिका समूहको ८औँ महाधिवेशन सुरू, अध्यक्षमा तीन जनाको दाबेदारी

११ चैत, काठमाडौँ । सञ्चारिका समूहको आठौं महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका छन् । काठमाडौंको रोयल सिंगे होटलमा शुक्रबाबाट सुरु महाधिवेशनलाई उपराष्ट्रपति पुनले उद्घाटन गरेका हुन् । उक्त महाधिवेशनमा अध्यक्षमा विमला तुम्खेवा, कमला पन्थी, नितु पण्डितले दाबेदारी गरेका छन् भने महासचिवमा यशोदा अधिकारी र बसन्ती बास्तोलाले लगायतको दाबेदारी छ ।

कमला पन्थीको नाममा सहमति बन्ने सम्भावना पनि रहेको सञ्चारिका स्रोतले जनाएको छ । नेतृत्व चयनको सवालमा पूर्व अध्यक्षद्धय बबिता बस्नेत र निर्माला शर्माको भूमिका महत्वपूर्ण हुने बुझिएको छ । सञ्चारिकाले आजै नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार १०:३५