२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

१० चैत, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ मा बसेको बैठकको निर्णय अनुसार महामन्त्री गगन थापालाई स्थानीय तह निर्वाचन-२०७९ का लागि घोषणापत्र तयारी समितिको संयोजक तोकेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार १९:५९