२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

पर्वतका प्रदीप ३२ वर्षमै सहसचिव

१० चैत, काठमाडाैँ । नेपालको निजामती सेवामा सम्भवत पर्वतका प्रदीप परियारले नयाँ रेकर्ड कायम गरेका छन् । सबैभन्दा कम उमेरमै सहसचिव नाम निकाल्न सफल सफल भएर । लोकसेवाले हालै सार्वजनिक गरेको नतिजा अनुसार परियार ३२ वर्षको उमेरमा सहसचिव बन्न सफल भएका छन् ।

पर्वतमा एउटा सामान्य परिवारमा जन्मिएका प्रदीप हालै मात्र लोकसेवा भिडेर खुला प्रतिष्प्रर्धाबाट सहसचिव बन्न सफल भएका हुन । प्रदीपका बुवा आमा अहिले पनि गाउँमा कृषि कर्म गरिरहेका छन् । उनका दाजु भने अधिकृतको रुपमा सरकारी सेवामै छन् ।

हुने विरुवाको चिल्लो पात भनेझैं प्रदीप स्कूले जीवनमा कहिल्यै दोश्रो भएनन । जिल्लाकै भवानी विद्यापिठमा अध्ययन गरेका उनी कक्षा १ देखि १० कक्षा सधै प्रथम भए । प्लस टु शान इन्टरनेसन,स्नातक पब्लिक युथ क्याम्पसबाट पार लगाएका उनले अस्ट्रेलियाली सरकारको छात्रावृत्तिमा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट स्नात्तकोत्तर उत्र्तीण गरे ।

०६९ सालमा नायब सुब्बाबाट निजामती सेवामा पाइला राखेका उनी त्यसपछि शाखा अधिकृतका रुपमा मा काम गरे । ७० सालदेखि ७८ सालसम्म शाखा अधिकृकै रुपमा कार्यरत उनी एकै पटक सहसचिवमा भिडे र नाम निकाल्न सफल पनि भए । उनी अधिकृत भएकै ८ बर्ष पूरा भइसकेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शाखा अधिकृतको रूपमा कार्यरत परियारले निजामती सेवामा पाइला राखेको ९ बर्ष बितेको छ ।

निजामती सेवामा शाखा अधिकृत भएको पाँच बर्ष पूरा भए पछि सहसचिव पदमा भिड्न पाइन्छ । त्यही प्रावधान अनुसार उनी उपसचिव पदमा पनि भिडे, तिनै वटा प्रतिष्पर्धामा नाम निकाल्न सफल भए । प्रदीपका अनुसार, उनले यही बर्ष उपसचिवमा समेत नाम निकालेका थिए एक पटक मात्र होइन तीन तीन पटक ।

प्रशासनतर्फ आन्तरिक र खुला दुवैबाट आवेदन दिएकोमा दुवैमा नाम निस्केको थियो भने परराष्ट्रको उपसचिवमा भिडे । त्यहाँ पनि उनी सफल भएका थिए । सँगसँगै उनले सहसचिव पनि भिडे खुला प्रतिष्प्रर्धीबाट । र सहसचिवमा नाम निकाल्न सफल भए । खुला प्रतिष्प्रर्धाबाट भिडेका उनीसहित सुरेश पन्थीको नाम लोक सेवा आयोगले सहसचिव बढुवा सिफारिस गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार ०८:५०