२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025

ज्योति फाउण्डेशनद्धारा होण्डा जेनेरेटर सहयोग

७ चैत, काठमाण्डौ । नेपालका लागि होण्डा ब्राण्डका जेनेरेटर तथा अन्य होण्डा पावर प्रोडक्टहरुको एक मात्र आधिकारिक वितरक स्याकार टे«डिङ्ग कम्पनी प्रा.लि. ले विषेशत हिमाली क्षेत्रका अति बिकट ठाउँ जहाँ स्वास्थ्य सेवामा कम पहुँच वा पहुँचनै नभएको क्षेत्रमा स्वास्थ्य सेवा तथा हिमालय उद्धार कार्य गर्ने गैरसरकारी संस्था हिमालय उद्धार संघ नेपाललाई बिभित्र स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ ।

फाउण्डेसनले अक्सिजन, भिडियो एक्सरे, तथा अन्य डायग्नोष्टिक उपकरणहरु संचालन गरी स्वस्थ शिबिर संचालन तथा उद्धार कार्यमा सहज होस् भत्रे हेतुले उक्त संस्थालाई ज्योति समुहका अध्यक्ष पद्म ज्योति, ज्योति फाउण्डेशनका संचालक मिरा ज्योति र स्यकाकर टे«डिङ्ग कम्पनी प्रा.लि., का अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृदय ज्योतिले एक कार्यक्रमको बिच उक्त संस्थालाई सहयोग स्वरुप होण्डा जेनेरेटर हस्तान्त्रण गर्दै यसरी सहयोग गर्न पाउदा खुशि लागेको बताउनु भयो साथै भविष्यमा समेत आवश्यक सहयोग गर्दै जाने जानकारी दिए ।

यस ब्राण्डका जेनेरेटर तथा अन्य पावर प्रोडक्टहरु उच्च गुणस्तरीय, कम ईन्धन खपत, कम आवाज, न्यूनतम संचालन खर्च, वातावरण मैत्री र भरपर्दो मानिन्छ । यो सेगमेन्टमा होण्डा पावर प्रोडक्टसहरु नेपालको सर्वाधिक बिक्रि हुने पावर प्रोडक्टहरुमा पर्दछ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार २३:३६