१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

विद्यार्थीलाई याैन दूर्व्यवहार गर्ने शिक्षक सुरज लामिछाने पक्राउ, छुटाउन कांग्रेसको दबाब

७ चैत, चितवन । आफ्नै विद्यालयका विद्यार्थीमाथि यौन दूर्व्यवहार गर्ने चितवनको माडी नगर पालिका वडा नं। १ बरुवा स्थित सोमेश्वर उच्च मा।बि।का शिक्षक सुरज लामिछाने पक्राउ परेका छन । नेपाली कांग्रेसका नेताहरूले स्थानीयस्तरमै घटना मिलाउनुपर्ने भन्दै धेरैदिनदेखि शिक्षकलाई बचाउन गरेको कोशिश अन्ततः विफल भएको छ । यद्यपी कांग्रेसले शिक्षक संघको नाममा धम्कीपूर्ण विज्ञप्ति जारी गरेर लामिछानेको बचाउ गरेको छ । कांग्रेस नेताहरूले लामिछाने बचाउनका निम्ति प्रहरी माथि दबाब बढाएका छन ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले शिक्षक लामिछाने पक्राउ परेको र आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएका छन । विद्यालयको कक्षा ९ अध्यनरत अन्दाजी बर्ष १५ की नाबालिकालाई शिक्षक लामिछानेले यौन दूर्व्यवहार गरेका थिए । पीडितहरूले दिएको उजुरीका आधारमा शिक्षक पक्राउ परेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

लामिछानेले सोमेश्वर उच्च माविमा लेखा विषय पढाउने शिक्षक हुन । उनले कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीहरूलाई यौन दूर्व्यवहार गर्दै आएका थिए । विद्यालय प्रशासनले उनको बचाउका लागि धेरै प्रयास गरेको थियो । शिक्षकले यौनजन्य र अमर्यादित हरकत गरेको हुनाले विद्यालय प्रशासनसँग विभिन्न माध्यमबाट गर्न खोजेको संवादमा विद्यालयको ध्यानाकर्षण नभएपछि अन्ततः गत फागुन २९ गते स्थानीयले सामुहिक प्रतिकार गरेका थिए। उक्त प्रतिकारमा क्रममा निज शिक्षकलाई कालोमोसो दल्ने कोसिस पनि गरेका थिए । त्यसपछि विद्यालयले सर्वदलीय वैठक बसी उक्त शिक्षकलाई विद्यालयबाट निष्कासन गरेको थियो।

त्यसपछि चैत ४ पीडितहरूले माडीस्थित ईलाका प्रहरी कार्यालयमा गएर सुरज लामिछानेको यौन हिंसात्मक गतिविधि विरुद्ध लिखित उजुरी दिएका थिए । उजुरी परिसकेपछी पीडित विद्यार्थी र प्रहरीसमेतलाई उजुरी फिर्ता लिन र विषयलाई जिल्ला प्रहरी कार्यालयसम्म ल्याएर जाहेरी दर्ता गर्न नदिन नेपाली कांग्रेसका नेताहरूले प्रयास गरेका थिए । तर आतइबार उक्त मुद्दा जिल्ला प्रहरी कार्यालय चितवन पुगेको छ । शिक्षक हिरासतमा पुगेपछि लगत्तै ुपीडक बचाउ अभियानु स्वरुप नेपाल शिक्षक संघले विज्ञप्ति जारी गरेर धम्की दिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार ११:५९