२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

उपाध्यक्ष विष्णु पाैडेल नेतृत्वकाे एमाले प्रतिनिधिमण्डल कुन्मिङ प्रस्थान


७ चैत, काठमाडाैँ । चीनको कुन्मिङमा हुने आर्थिक सहयोग र सांस्कृतिक आदानप्रदान कार्यक्रममा सहभागी हुन नेकपा एमालेको प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ । नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा एमालेको प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको हो ।

प्रतिनिधिमण्डलमा एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा. पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल रहेकी छिन । प्रतिनिधिमण्डल चैत १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार ०९:०५