११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

ओएनएफ ओकिनावाको अध्यक्षमा मिलन खत्री

७ चैत, जापान । प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटी ओकिनावाको प्रथम अधिबेशन सम्पन्न भएको छ । प्रथम अधिवेशनले मिलन खत्रीको नेतृत्वमा २५ सदस्यीय क्षेत्रीय कमिटी निर्माण गरेको छ । अधिवेशनको प्रमुख अतिथि प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटि सचिवालय सदस्य तथा पूर्वी एसिया इन्चार्ज भक्त गुरुङले सम्मेलनको भर्चुअल माध्यमबाट उदघाटन गरेका थिए ।

प्रवासी नेपाली मञ्च जापानका प्रचार विभाग प्रमुख प्रकाश ढकालका अनुसार अधिबेशनले २५ सदस्सीय कमिटी निर्माण गरेको छ जसमा १९ सदस्य हलबाट निर्वाचित भएका छन् भने वाँकी ६ जना कमिटीको पहिलो बैठकले मनोनित गर्ने भएको छ । अधिबेशनबाट अध्यक्षमा खत्रीसहित उपाध्यक्ष सुभास थापा, सचिव राजकुमार जोशी, उप सचिव दिपेश पौडेल तथा नबिन बस्नेत र सदस्यहरु प्रकाश गुरुङ, बसन्त भण्डारी,अनिश चौधरी, शुशिल अधिकारी, मिलन अधिकारी,रुजन पोखरेल, महेश खरेल, शर्मिला ज्ञवाली, अस्मिता गिरी, भीम डिसी, बिनोद श्रेष्ठ, उमेश रायमाझी,बिनिसा बॅानिया, दिनेश चौधरी सर्वसम्मत रुपमा निर्वाचित भएका छन ।

अधिबेशनलाई भर्चुअल माध्यमबाट प्रमुख अतिथि गुरुङ र बिशेष अतिथि पूर्वी एसिया कमिटि अध्यक्ष सरोज कंडेलले संबोधन गरेका थिए । अधिबेशनमा प्रत्यक्ष उपस्थित भई बिशेष अतिथि प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी अध्यक्ष सुरेश केसी, अतिथिहरु संगठन बिभाग प्रमुख कुलचन्द्र खरेल, पूर्वी एसिया कमिटी सदस्य स्वतन्त्र पौडेल, एनआरएनए ओकिनावा अध्यक्ष ज्ञानु भट्ट, नेपाली जनप्रगतिशिल मञ्च ओकिनावाका सचिव बिश्वनाथ यादव, ओकिनावाका अग्रज व्यक्तित्व प्रितम पुन गर्बुजा लगाएत बिभिन्न संघ सस्थाका प्रतिनीधिहरुले अधिबेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए । उद्घाटन सत्रको सभापतित्व आयोजक कमिटी संयोजक मिलन खत्री, संचालन नविन बस्नेत र स्वागत राजकुमार जोसीले गरेका थिए ।

नव निर्वाचित क्षेत्रिय अध्यक्ष मिलन खत्रीलाइ बधाइ दिदै ओएनएफ जापान अध्यक्ष सुरेश केसी ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार ०८:५४