२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

शिक्षकले विद्यार्थीमाथि याैन दुर्व्यवहार गरेपछि मोरङको लेटाङ तनावग्रस्त, एक प्रहरीको हत्या


६ चैत, काठमाडौँ । मोरङको लेटाङमा शिक्षकले विद्यार्थी माथि यौन दुर्व्यवहार गरेक विषयले तनाव बढेको छ । स्थानीयको आक्रोशित भीडले एक जना प्रहरीको छुरा प्रहार गरी हत्या गरेको छ । लेटाङ-५ खेरुवास्थित आइतबार शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाँउलेले विद्यालयमा आगजानी गरेका छन ।

लेटाङका मेयर शंकर राईका अुनसार स्थिति नियन्त्रणबाहिर गएको छ । आक्रोशित भीडले विद्यालयमा आगजनीसमेत गरेको थियो। विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीले बेलुका निकाल्ने क्रममा आक्रोशित भीडले आक्रमण गरेको थियो ।सोही क्रममा एक महिला प्रहरीको मृत्यु भएको हो । प्रहरीले महिला प्रहरीको नाम सार्वजनिक गरिएको छैन। स्थानीयका अनुसार मृतक प्रहरीको घाँटीमा छुरा प्रहार भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार २२:४२