२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

स्थानीय तहको निर्वाचनमा साँफेबगर नगरका २२ हजार मतदाताले सहभागिता जनाउने


६ चैत, अछाम । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा साँफेबगर नगरपालिकाबाट २२ हजार ६६ मतदाता सहभागिता जनाउने भएका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म २२ हजार ६६ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएका हुन् ।

अघिल्लो स्थानीय तहको निर्वाचन भन्दा २ हजार ८ सय ८१ मतदाता बढेको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा १९ हजार १ सय ८५ मतदाता रहेका थिए । तर, ११ हजार ८ सय ८४ मत खसको थियो।

साँफेबगर नगरपालिकामा सबैभन्दा बढी वडा नम्बर ३ शिद्धेश्वरमा २ हजार ६ सय ९ मतदाता, सबैभन्दा कम वडा नम्बर ६ भाग्यश्वरमा ९ सय ५२ मतदाता रहेका छन् । त्यसै गरी वडा नम्बर ४ मष्टमान्डौमा २ हजार १ सय ५०, वडा नम्बर १० घुघुरकोटमा २ हजार १ सय २२, वडा नम्बर १३ बाब्लमा १ हजार ९ सय ७३, वडा नम्बर ९ बुढाकोटमा १ हजार ६ सय ५२, वडा नम्बर २ जाल्पादेविमा १ हजार ६ सय ४८ मतदाता रहेको निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यस्तै वडा नम्बर ८ चण्डिकामा १ हजार ५ सय १९, वडा नम्बर ५ नवाठानामा १ हजार ५ सय १५, वडा नम्बर १४ पातलकोटमा १ हजार ४ सय ९७, वडा नम्बर ११ देविस्थामा १ हजार २ सय ९५, वडा नम्बर ७ रिडिकोटमा १ हजार १ सय ८१, वडा नम्बर १ वैजनाथमा ९ सय ९० र वडा नम्बर १२ खप्तडमा ९ सय ६५ मतदाता रहेका छ्न् ।

गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार ध्वजबहादुर कुँवरलाई ४ सय २६ मतले पराजित गर्दै नेकपा एमाले उम्मेदवार कुल बहादुर कुँवर निर्वाचित हुनुभएको थियो। हाल नगर प्रमुख कुँवर नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध रहेका छन् । नेकपा माओवादी केन्द्रले ५ सय ६३ र राप्रपाले ३२ मत प्राप्त गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार १८:३६