२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

क्रिप्टोकरेन्सीको प्रचार गर्दा नायिका प्रियंका कार्की प्रहरी फन्दामा, सिआइबीले लियो बयान


६ चैत, काठमाडौँ । क्रिप्टोकरेन्सीको प्रचार गर्दा नायिका प्रियंका कार्की प्रहरी फन्दामा परेकी छिन । सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर मैले पनि क्रिप्टोकरेन्सीमा लगानी गरेको छु तपाइ पनि लगानी गर्नुस भनेर अपिल गरेकी नायिका कर्की प्रहरीको अनुन्धानको घेरामा तानिएकी हुन ।

उनी पछिल्लो समय सुत्केरी विदामा घर परिवारसँगै रहेकी छिन । आइतबार दिउँसो कार्की बयानका लागि सिआइबी पुगेकी छिन । नेपाल राष्ट्र बैंकले सूचना नै प्रकाशन गरेर किप्टोकरेन्सीको अबैध कारोबार नगर्न चेतावनी दिएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार १५:४४