१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मलद्वारमा लुकाएर ल्याएको सुनसहित भारतीय नागरिक शुभम् मेहरा विमानस्थलबाट पक्राउ

६ चैत, काठमाडाैँ ।  मलद्वारमा लुकाएर ल्याएको सुनसहित भारतीय नागरिक शुभम् मेहरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन । दुबईबाट काठमाडौं आएका शुभम् मेहरा अवैध सुनसहित पक्राउ परेका हुन् ।

मेहराले मलद्वारमा लुकाएर ६३५ ग्रामका दुईटा अर्धठोस आकारमा सुन ल्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै गरेर १ किलो २७० ग्राम सुन रहेको छ ।

विमानस्थल सुरक्षा गार्ड र महानगरीय अपराध महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार १५:३८