२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

बालिका बलात्कार आरोपमा दुईजना पक्राउ


६ चैत, बैतडी । बालिका बलfत्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । बैतडीकाे शिवनाथ गाउँपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेल्धुराको अमरगढी नगरपालिका-५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । घाँस काट्न गएका बेला बालिकामाथि बलात्कार भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। आरोपित दुवैजना मेलौली पञ्चेश्वर सडकखण्डमा काम गर्दै आएको बुझिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार १३:३८