२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

एमाले विदुरले कार्यकर्ता संरक्षण कोष बनाउने, सचिव श्रेष्ठले दिए एक लाख रूपैयाँ


६ चैत, नुवाकोट । नेकपा एमाले नुवाकोटको विदुर नगर कमिटीले कार्यकर्ता संरक्षण कोष बनाउने भएको छ । एक जना कार्यकर्तालाई अफ्ठेरो पर्दा सयौँ जानासँग चन्दा मागेर दिनुभन्दा संरक्षण कोषबाट सहयोग गर्न मिल्ने गरी कोषको अबधरणा अघि सारिएको नगरकमिटीका सचिव अनुजकुमार श्रेष्ठले जानकारी दिए ।

उनले पार्टी पनि एउटा परिवार नै भएका कारण पार्टीका सदस्य कसैलाई समस्या पर्दा सहयोग गर्नु त्यस पार्टीमा रहेका अरू सदस्यको पनि कार्तव्य हुने र सामाजिक भावनालाई अझ बढी जागृत गराउने भएकाले कोषको सुरूवात गर्ने निर्णय गरिएको श्रेष्ठले बताए ।

उनले नगरकमिटीको पहिलो बैठकले गरेको निर्णय लगत्तै आफ्नो तर्फबाट एक लाख रूपैयाँ कोषमा जम्मा गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए । श्रेष्ठसँगै अनेरास्ववियु नुवाकोटका पूर्व अध्यक्ष समेत रहेका वडा नम्बर ४ कमिटीका अध्यक्ष निलमबाबु ढुंगेलले पनि १० हजार रूपैयाँ कोषमा जम्मा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

यसअघि विदुर नगरपालिकाकै स्थानीय बासिन्दा एमालेका तर्फबाट विदुर ४ मा दुइ पटकसम्म वडा अध्यक्ष हुनुभएका गोपालमान श्रेष्ठले एमालेको जिल्ला अधिवेशनबाट निर्णय गराएर १० वर्षसम्म एक्लै कार्यकर्ता संरक्षण कोषका नाममा रकम जम्मा गरेका थिए ।

तर सरकारी अनुदान कुम्ल्याउने र बालुवा र क्रसर व्यवस्थापनमा लागेको नेतृत्वले ध्यान दिएको थिएन । केही महिनाअघिमात्र सम्पन्न भएको एमालेको अर्को जिल्ला अधिवेशनले उक्त कोष क्रियाशिल बनाउने प्रस्ताव पारित गरेको छ । यद्यपी कार्यकर्ता र जनताका लागि काम गर्ने नेताको कमी भएका कारण त्यो अघि बढ्ने कुरा शंकाकै घेरमा रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार १३:०५