१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

देशभर ५० हजार शिक्षक अपुग, निमावि तहमामात्रै २५ हजार शिक्षक अपुग

२८ साउन, काठमाडाैँ । देशभर ५० हजार शिक्षक आवश्यक रहेको एउटा तथ्याङ्कले देखाएको छ। सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले तयार पारेको तथ्याङ्कमा करिब ५० हजार शिक्षक अपुग देखिएको हो ।

कार्यदलले सबैभन्दा बढी निमावि तहमा शिक्षक अपुग भएको देखाएको छ। सो तहमा झन्डै २५ हजार शिक्षक अपुग भएको पाइएको छ। कार्यदलका संयोजक एवं पूर्वसचिव महाश्रम शर्माले प्रावि तहमा करिब १ हजार, माविमा २१ हजार र कक्षा ११ र १२ का लागि झन्डै ४ हजार शिक्षकको दरबन्दी आवश्यक रहेको बताएका छन ।

शिक्षक अभावका कारण सरकारी विद्यालयको शैक्षिक गुणस्तर घट्दै गएका कारण सरकारले गुणस्तर र नयाँ शिक्षकको दरबन्दी निक्र्योल गर्न कार्यदल गठन गरेको थियो। हाल देशभर करिब १ लाख ५० हजार सरकारी शिक्षक छन्। मावि तहमा १ लाख २ हजार, निमाविमा २५ र मावि तहमा १९ हजार शिक्षक कार्यरत छन्।

कार्यदलले शिक्षा विभागको शिक्षकको तथ्याङ्कलाई आधार मानेर थप शिक्षक आवश्यक रहेको निक्र्योल निकालेको हो। कार्यदलले हालसम्म १ देखि ४ गरी चार प्रदेशमा शिक्षकको अवस्थाबारे अध्ययन गरिसकेको छ। बाँकी प्रदेशमा अध्ययन भइरहेको संयोजक शर्माले बताएका छन । शर्माका अनुसार मनाङलगायत हिमाली जिल्लामा विद्यार्थीको अनुपातमा शिक्षकको संख्या बढी रहेको र शहरी क्षेत्रमा विद्यार्थीको अनुपातमा शिक्षकको संख्या कम रहेको देखिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार ०८:०६