१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

देउवा-प्रचण्डको सेटिङले काम गरे ओली सरकारले गरेका संवैधानिक नियुक्ति खारेज हुने !


४ चैत, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सेटिङले काम गरे तत्कालीन एमाले नेतृत्वको केपी शर्मा ओलीको सरकारले गरेका ५२ वटा संवैधानिक नियुक्ति खारेज हुने भएको छ ।

सर्वोच्चको संवैधानिक इजलाशमा कामु प्रधानन्यायशीध दीपककुमार कार्कीसहित मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको रहेका छन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाए लगत्तै सुरू गर्नखोजिएको सुनुवाइ तीन हप्तापछि शुक्रबार पेशीमा चढेको छ ।

ती संवैधानिक नियुक्तिमा ओली सरकारलाई प्राधानन्यायधीशको हैसियतामा चोलेन्द्रले सहयोग गरेका थिए । अध्यादेशमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ५२ वटा संवैधानिक पदमा गरेको नियुक्तिविरुद्ध विभन्न ८ वटा रिट परेका थिए । ती सबै रिट सुनुवाइका लागि संवैधानिक इजलाशमा पेशी चढेको छ ।

०७७ साल मङ्सिर ३० गते तत्कालीन प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा, राष्ट्रिय सभाको अध्यक्ष गणेश तिमिल्सिनासहितको बैठक राखेर अख्तियारमा प्रेमबहादुर राई, जयबहादुर चन्द, किशोर सिलवाल, निर्वाचन आयोगमा रामप्रसाद भण्डारी,सन्जोगसमशेर राणा र जानकी तुलाधर,मानव अधिकार अयोगमा तपबहादुर मगरसहित ५ सदस्यलगायत विभिन्न ११ वटा आयोगमा ५२ पदाधिकारी नियुक्ति गरेका थिए ।

यसरी अध्यादेशको आडमा ओलीले नियुक्त गर्नुभएको ५२ पदाधिकारीको नियुक्ति असंवैधानिक भएको ठहर सहित अधिवक्ता ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी, कीर्तिनाथ शर्मा पौडेल लगायतले आठ थान रिट दायर गरेका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार ११:२१