१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

तिर्न नसक्नेले कर तिर्नु पर्दैनः अर्थमन्त्री खतिवडा

२७ साउन, काठमाडाैँ ।  अर्थमन्त्री डा युवराज खतिवडाले  तिर्न नसक्नेहरूले कर तिर्न नपर्ने बताएका छन । उनले तिर्न नसक्ने जनतालार्इ करको बोझ नलगाउने स्पष्ट पारे । सर्वसाधारणलाई करको बोझले थिचिएको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला अर्थमन्त्री खतिवडाले कमजोर वर्गलाई कर नलगाउने स्पष्ट पारेका हुन ।

उनले संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा पनि करको प्रावधान राखिएको बताए। काठमाडौँमा आईतबार आयोजित व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री खतिवडाले कानुन नबनाई कर असुली नगर्न पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन । दोहोरो कर नलिन र आफ्नो क्षेत्राधिकार बाहिर गएर कर असुल नगर्न नि मातहतका निकायलाई उनले अाग्रह गरेका छन ।

प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार १५:४७