१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

राप्रपाका निर्वाचित केन्द्रीय सदस्य भण्डारीद्वारा पार्टी परित्यागको घोषणा

३ चैत, काठमाडौँ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हिक्मत जंग भण्डारीले राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका छन् । राप्रपाको भातृ संगठनको रुपमा रहेको ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को अध्यक्ष समेत रहेका भण्डारीको पार्टी वहिर्गमनको निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भण्डारीले कुनै पार्टीमा प्रवेश गरेको भन्ने नखुलाएपनि कमल थापाका विश्वासपात्र मानिएका उनी राप्रपा नेपालमा प्रवेश गर्ने प्रायः निश्चित छ ।

भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत २०४७ सालको पार्टी स्थापना समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको विभिन्न तहमा रहँदै पार्टीको नीति, सिद्धान्तलाई जनस्तरसम्म पुर्याउने कार्यमा निरन्तर क्रियाशिल रहँदै यहाँसम्म आइपुगेँ । अहिले विभिन्न कारणबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्यदेखि केन्द्रीय कार्य समिति सदस्य समेत नरहने गरी राजिनामा दिएको छु ।

तत्कालिन समयदेखि हालसम्म मलाई सहयोग, सद्भाव पु¥याउनुहुने महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछु । मैले लिएको यस निर्णयप्रति सबै मान्यजनहरुबाट कुनै पनि किसिमको तर्क वितर्क नगरी स्वेच्छाको निर्णयमा सद्भावको अपेक्षा गर्दछु ।
नेपालको ट्रेड युनियन आन्दोलनमा अझ सशक्त रुपमा क्रियाशिल रहनेछु । धन्यवाद ।’

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार १०:२१