१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

रसुवा भन्सारमा फागुन महिनामा ६३.६१ प्रतिशत मात्रै राजस्व संकलन

२ चैत, रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले फागुन महिनामा लक्ष्यको ६३ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८र०७९ को फागुन महिनामा राखेको लक्ष्यको ६३ दशमलव ६१ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।

रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार फागुन महिनामा कार्यालयले ५७ करोड ७१ लाख १५ हजार राजस्व संकलनको लक्ष्य राखेको थियो । तर, कार्यालयले ३६ करोड ७० लाख ९८ हजार मात्रै राजस्व संकलन गर्‍यो । जुन लक्ष्यको तुलनामा २१ करोड १७ हजार कम संकलन भएको हो । रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गर्दछ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार १८:५०