१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

उदयपुरमा मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु

२ चैत, काठमाडौं । उदयपुरको बेलका नगरपालिका–६ जोगेनीमा बुधबार मोटरसाइकलको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका–३ की ७६ वर्षीया राम माया आलेमगर रहेकी छन् ।

स ७ प ८६९२ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी आलेमगरलाई बुधबार बिहान पौने ११ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार १६:३४