१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

अभिनेत्री करिश्मा मानन्धरले जुराइन एमाले प्रवेश गर्ने साइत, एमालेमै लाग्नुका यस्ता छन कारण

२ चैत, काठमाडाैँ । अभिनेत्री करिश्मा मानन्धरले एमाले प्रवेश गर्ने भएकी छिन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर मानन्धर आगामी वैशाख ९ गते एमाले प्रवेश गर्ने तय भएको हो । उनले एमाले प्रवेशको साइत जुरेको पुष्टि गरेकी छिन ।

मानन्धरले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएको सार्वजनिकरुपमा नै लेखेकी थिइन् । उनले यसबीचमा पटक पटक अध्यक्ष ओली र एमाले नेताहरुसँग भेट गरेकी छिन् ।

उनी बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन पार्टी नयाँ शक्ति नेपालबाट पार्टी राजनीतिमा सक्रिय भए पनि केही समयपछि अलग भएकी थिइन् ।

उनले एमालेको नीति तथा कार्यक्रम र अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबाट प्रभावित भएको बताउँदै आएकी छिन । यसअघि चर्चित गायिका कोमल वली पनि एमालेमा प्रवेश गरेर राष्ट्रियसभा सदस्यको रूपमा चार वर्षको कार्यकाल व्यतित गरेकी थिइन । उनी अहिले एमाले केन्द्रीय सदस्य छिन । मानन्धरले राजनीति गर्ने सोच अनुरूपनै आफू एमाले प्रवेश गर्ने निर्णयमा पुगेको आफू निकटकाहरूलाइ बताएकी छिन ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार १३:१७