४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

समृद्धि फाइनान्सद्धारा एक दिने तालिम सञ्चालन

१ चैत, काठमाडाैँ । समृद्धि फाइनान्सले चैत्र १ गते बजार प्रतिनिधिलाई तालिम प्रदान गरेको छ । बजार प्रतिनिधिहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी कार्य प्रभावकारीता बढाउने उद्देश्यले यो तालिम सञ्चालन गरेको हो ।

उक्त तालिम संस्थाको सभाकक्ष पुतलीसडक, काठमाण्डौंमा भएको थियो । तालिममा फाइनान्सका डिपोजिट प्रोडक्ट पेपरहरुको बारेमा जानकारी, आधारभूत सफ्ट स्किल र ग्राहक सम्बन्ध व्यवस्थापन सम्बन्धि विषयवस्तुहरु समावेश गरिएको थियो । यो तालिमले बजार प्रतिनिधिहरुलाई कार्य गर्नमा थप उर्जा, उत्साह र उत्पे्ररणा प्रदान गर्ने व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सालिक राम पन्थीले जानकारी दिए । समय सापेक्ष संस्थाले कर्मचारीहरुका लागि विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” बर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु संचालनमा ल्याएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार १८:५३