८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

टिकाराम कँडेलको अध्यक्षतामा ओएनएफ कान्साई क्षेत्रीय अधिवेशन आयोजक कमिटी गठन

३० फागुन, जापान । प्रवासी नेपाली मञ्च जापानको कान्साई क्षेत्रीय कमिटीको बिस्तार गरिएको छ । कान्साई क्षेत्रमा बसोबास गर्दै आएका संवृद्ध नेपाल सुखी नेपालीको अभियानका समर्थक, शुभचिन्क र शुभेक्षुक महानुभावहरूको भेलाले टिकाराम कँडेलको संयोजकत्वमा २९ सदस्यीय ओएनएफ प्रथम कान्साई क्षेत्रीय अधिवेशन आयोजक कमिटी गठन गरेको प्रवासी नेपाली मञ्च जापानका प्रचार विभाग प्रमुख प्रकाश ढकालले बताए ।

प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटिको आर्थिक विभाग प्रमुख तथा सचिवालय सदस्य मुक्तिराम खरेलको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । भेलाले संयोजक कँडेल सहित सचिव प्रेम गैरे तथा सदस्यहरूमा नरबहादुर जुग्जाली, अनुप पौडेल, चुरामणि कँडेल, अनिल पौडेल, विकास पराजुली, कमल जिसी, राजु कँडेल, महेन्द्र केसी, राजु कँडेल, मुक्तिराम खरेल, जंगबहादुर बोहोरा, जीवन कँडेल, पूर्णबहादुर गर्वुजा, ओम बहादुर खड्का, सुदिप आचार्य, नविन थापा, खगराज अर्याल नविन शर्मा, दिपक सापकोटा, अर्जुन अधिकारी, विक्रम शाही ठकुरी, सुजन मैनाली, विवेक कँडेल, खिम कँडेल, रबिन्द्र बस्नेत, मित्रलाल गौतम, नरेश ओली भएको आयोजक कमिटी गठन गरिएको थियो ।

उक्त आयोजक कमिटीको प्रथम बैठकले यही मार्च ३१ गते बिहिबार प्रथम अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ । बैठकले कान्साई क्षेत्रमा रहनुहुने समृद्ध नेपाल सुखी नेपालीको अभियानप्रति आस्थावान, समर्थक, शुभ चिन्तक, शुभेच्छुक, प्रगतिशील तथा देशभक्त प्रवासी नेपालीहरुलाई अधिबेशनमा उपस्थितिका लागि समेत अनुरोध गरेको प्रचार प्रमुख ढकालले जानकारी दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १७:३९