१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

त्रिवि प्राध्यापक संघको चुनावमा चार दलीय गठबन्धनलाई हराउँदै एमाले निकटका उम्मेदवार विजयी

२७ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको प्राध्यापक संघको इकाइ चुनावहरूमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकटको प्रगतिशिल प्राध्यापक संगठनका उम्मेदवार भारी मतले विजयी भएका छन ।

अधिवेशनमा एमाले निकटका गोविन्द कटुवाल, गेहेन्द्र दाहाल, डा जेवि प्रधान, पुस्कल ढकाल, कृष्णमाया देवकोटा र रामचन्द्र खनाल विजयी भएका छन । त्यस्तै चार दलीय गठबन्धनका तर्फबाट मुकुन्द क्षेत्रीफ यज्ञ ज्ञवाली, बलराम अधिकारी, तारा ढकाल, माधवी गाैतम ।

अब निर्वाचित भएको ११ सदस्यीय कार्यसमितिको बैठकले पादधिकारीको चयन गर्नेछ । स्पष्ट बहुमत भएका कारण अध्यक्षमा प्रगतिशिल प्राध्यापक संगठनबाट कटुवाल अध्यक्ष बन्ने र बाँकी पादधिकारी पनि सोही संगठनबाट हुनेछन ।

माधव कुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टी निकटका प्राध्याकहरू धेरै भएको भनेर चर्चा गरिएको महेन्द्ररत्न क्याम्पस ताहाचलमा एमाले निकटको प्रगितिशिल प्राध्यापक संगठनका उम्मेदवारहरू विजयी भएका छन । ११ जनाको कार्यसमितिमा प्रगतिशिल समूहका ६ जना विजयी भएका छन ।

कार्यसमितिमा निर्वाचित गोविन्द कटुवाल र महेन्द्र रत्न क्याम्पसको गेट ।

सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र मोहन वैद्य नेतृत्वको गठबन्धनलाई हराउँदै एमाले निकटका प्राध्यापकहरूले बहुमत सदस्यसहित नयाँ कार्यसमिति बनाएका छन । शुक्रबार नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा गठबन्धनले जम्मा ५ सदस्यमात्र जितेको छ ।

एमाले विभाजनको असर प्राध्याकहरू पनि परेको अनुमान गरिएको थियो । यद्यपी महेन्द्ररत्नको निर्वाचनले त्यस्तो अवस्था नरहेको स्पष्ट संकेत दिएको छ । त्रिविका केही पदाधिकारीसहित केही प्राध्याकहरू अहिले पनि माधव नेपालको पार्टीमा गएर जागिर जोगाउने र केहीले राजदूत माग्दै नेकपा एमालेमा निष्क्रियताको घोषणा गरेका छन । त्यस्तो अभियानमा लागेका एक जना प्राध्यापकले त एमसीसीको विषयमा एमाले नेतृत्वको कत्लेआम गर्दै विभिन्न सञ्चारमाध्यमा अन्तर्वार्ता दिँदै हिँडेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार १९:५६