२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

झापामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

२६ फागुन, काठमाडौं । झापाको कन्काई नगरपालिका–९ घैलाडुब्बामा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय उमेश थापा रहेका छन् । गम्भीर घाइते भएका थापाको उपचारको क्रममा बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मे १ च ५२५ नम्बरको एम्बुलेन्सले पैदलयात्री थापालाई बुधबार बेलुकी ७ बजे ठक्कर दिएको हो । एम्बुलेन्स सहित चालक भने ईलाका प्रहरी कार्यालय अनारमनी झापाको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार १२:५२