२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

जग्गा अधिग्रहणको माग गर्दै धादिङ र नुवाकोटका स्थानीय आन्दोलित, फोहोर ढुवानी बन्द

२५ फागुन, काठमाडौँ । जग्गा अधिग्रहणको माग गर्दै धादिङ र नुवाकोटका स्थानीय आन्दोलित बनेका छन । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाका स्थानीयहरू आन्दोलित भएका हुन ।

बुधबारबाट काठमाडौँको फोहोर ढुवानी नै बन्द गरेर उनीहरूले आन्दोलन सुरू गरेका छन । आन्दोलनमा धादिङको धुनीबेशी नगरपालिका वडा नं १, २, ३ र ककनी गाउपालिका वडा नं १, २, ३ का बासिन्दा सहभागी रहेका छन । उनीहरूले फोहोर बोकेर नुवाकोट गएका गाडीहरू सडकमा रोकेर जग्गा अधिग्रहण लगायतको माग पूरा गर्न भनेका छन ।

उनीहरूले सरकारी पक्षले गरेका प्रतिवद्धता कार्यान्वयन नगरी फोहरमैला थुपार्ने तयारीमा लागेको आरोप लगाएका छन । स्थानीयले बञ्चरेडाँडाको वरीपरी कम्तिमा तीन हजार मिटर क्षेत्रफल अधिग्रहण हुनुपर्ने र प्रभावितहरुलाई उचित मुआब्जा दिनुपर्ने माग पनि गरेका छन् ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार १३:३४