१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

-राधेश्याम गजुरेल ज्वालामुखी

ढिकुराकाे पुजारीको आशमा अझै छौ रे
भ्रुण केलाइ तिथी मिति मिलाइ
ज्योतिष भेट्छौ रे।

दुइ सन्तान इश्वरकाे वरदान
छाेरी+छाेरी नि दुई हुन्छन
भनेर खै तिमीले पढेकाे
टेरेसा,एलिजावेथ,ईन्दिरा,गाेर्की
नि छाेरी भित्रका पात्र हुन भनेर
दिमागले किन नसाेचेकाे।
ग्रसित मानसिकतामा रुमलिएकाे
सामाजिक अन्धविश्वासकाे सगरमाथा
भन्दा अझै माथि किन तिमी चढेकाे ।।

तिमिलाइ यो संसार देखाइदिने नी छाेरी
तिमिले लगनगाँठो कसेर भित्र्याएकाे नी छाेरी
तिहारमा टिका र बुवाकाे मुख हेर्न धाइ आउने छाेरी
जिवित देवी पञ्चकन्याकाे लाइनमा छाेरी
बिरामी गाह्राे असजिलाेमा खवर बुझ्ने छाेरी
साथ भरोसा आश आडमा ओत रुझ्ने छोरी

तै पनि जसका छाेरा उसका धन
भनेकाे सुनेर झस्कन्छौ रे
छाेरी त छाेरी नै हुन अरुकी
तरुनी पो रे छे भनेर मस्कन्छौ रे ।
तिम्रा चाहिँ तिमिलाई बढि भए
अरुकालाई गिद्वे नजर लाउने
हे नर मर्द हाे ।

छाेरी विनाकाे संसार कल्पना गरेर हेर त
लौ छाेरी विनाकाे जीवनमा काँचुली फेर त
थाह छ नी श्रीमतीले जुत्ता टल्काइ टाइ मिलाएर
बाबा चाँढाे घर आइस्याे भनेकाे
थाह छ नी तिम्रा पीडामा ढाडस दिएर
घर आँगन रङ्गिन बनाएकाे

बैतर्णीकाे आशमा छानिछानि जन्माएकाे छाेरा साथ छैन
स्वर्ग जान र पिण्ड खान सिकाएकाे संस्कारमा पास छैन
आड र भराेसाका लागि सक्षम बनाए नी खास छैन
मिठाे मसिनाे र लाडप्यारमा पुलपुलिएकाे उ दास छैन

पश्चिमा संस्कार र संस्कृतिकाे बिकृति
आफ्नै मर्जी मनमग्दीमा रमाइरहेछ
सायद उ प्राप्तिकाे तिम्राे माेह
तिम्राे लालसा कुल्चने पात्र जन्माउन
छाेरीमाथि विभेद गरेर तिमिले गल्ति गर्यौ कि
घरकाे अनमाेल रत्न भगवानले नी झुक्याएर दिए भनेर
गनगन गर्दै टाउकाेमा हात राखि
आस्था र आशाकी देवीमाथि प्रहार गर्यौ कि

त्यसैले तिरस्कार हैन स्विकार गरेर छाेरी पात्रमा खुशी हाेऊ
चाहकाे पात्रकाे खाेजीमा प्राप्त अलौकिक पात्रसँग रमाउ

छाेरी संसार हाे छाेरी आधार हाे
छाेरी जीवन हाे छाेरी प्रकाश हाे
छाेरी ऐश्वर्य हाे छाेरी खानी हाे
छाेरी धनसार हाे छाेरी संसार हाे ।।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार १२:५६