२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

मोरङमा माओवादी रित्तियो, चुनाव जितेका एकमात्र मेयर एमाले प्रवेश

२५ फागुन, विराटनगर । मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल) माओवादी छाडेर एमाले प्रवेश गर्ने भएका छन । माओवादी केन्द्रबाट नगर प्रमुखमा निर्वाचित बगडिया बुधबार एमाले प्रवेश गर्ने कार्यक्रम छ । एमाले अध्यक्ष केपी शर्मा ओली रंगेलीमै आएर उनीसहितका जनप्रतिनिधिलाई एमालेमा स्वागत गर्दै छन ।

नेकपाको एकता टुटेपछि बगडिया एमालेसँग नजिकिएका थिए । माओवादी केन्द्रका बैठक छल्दै आएका उनलाई माओवादीले स्पष्टीकरण सोधेको थियो । तर, उनले आफू पार्टीमा प्रतिबद्ध रहेको जवाफ दिएका थिए । स्थानीय तहको कार्यकाल सकिएर अर्को चुनाव घोषणा भएपछि उनले एमाले प्रवेश गर्ने सार्वजनिक घोषणा गरेका थिए । बगडिया माओवादी केन्द्रबाट निर्वाचित हुने एकमात्र पालिका प्रमुख रहेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार ०९:२०