२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट बतास समूहले ठग्यो, प्रवासीले बनाए

२४ फागुन, पोखरा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका तर्फबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरेका छन ।

प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीले स्थापना गरेको ५० मिलिक्युविक घनमिटर प्रतिघण्टाका साथै प्रतिदिन २०० सिलिण्डर अक्सिजन भर्नसक्ने क्षमता भएको प्लान्ट गत भाद्र महिनाबाट सञ्चालनमा रहेको छ । मंगलबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले प्रवासमा रहेर देशमा समस्या पर्दा सहयोग गरेकोमा मञ्चलाई धन्यवाद दिए ।

मञ्चको अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले दैनिकीसँग कुरा गर्दै नेपालमा दोस्रो लहर शुरुभएपछि मञ्चले विश्वभरि रहेका आफ्ना राष्ट्रिय समितरूसँगको सल्लाहमा सहयोग संकलन गरेर करिब दुई करोड नेपाली रुपैयाँको लागतमा सो प्लान्ट निर्माण गरेको वताए । चर्चित व्यापारिक समुह बतास समुहले सोहि स्थानमा अक्सिजन प्लान्ट जडान गर्ने भनेर स्थानियसँग समेत रकम संकलन गरे पनि हालसम्म जडान गरेको छैन ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरत बहादुर खत्रीले स्वागत मन्तव्य राखेका थिए भने प्राध्यापक डुक बहादुर क्षेत्रीले प्रतिष्ठानका वारेमा संझिप्त परिचय प्रस्तुत गरेका थिए । कार्यक्रम मञ्चका सचिवालय सदस्य भक्त गुरुङको सभापतित्वमा भएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार १८:५५