२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु

२४ फागुन, सुर्खेत । करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर–९ का ३४ वर्षीय रतन कोइरालाको करेन्ट लागेर मृत्यु भएको हो । कर्णाली प्रदेश प्रहरीका अनुसार वीरेन्द्रनगर–१० का अमन उल्ला अन्सारीको घरमा टायल लगाउने क्रममा सोमबार दिउँसो साढे ३ बजेतिर कोइरालालाई करेन्ट लागेको थियो । अन्सारीको घरको छतबाट भर्‍याङ्ग भुईमा झार्दै गर्दा बिजुलीको तारमा छाेएर करेन्ट लागेको प्रहरीले जनाएको छ । उनकाे देउती नर्सिङ होम उपचारको क्रममा सोमबार साँझ ७ बजे मृत्यु भएको हाे ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार १५:०८