२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

केपी ओलीकाे प्रश्नः परमादेशबाट सरकार बनाउने भएपछि लोकतन्त्र किन चाहियो

२३ फागुन, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट सरकार बनाउने भएपछि लोकतन्त्र किन चाहियो भन्ने प्रश्न गरेका छन् ।

पोखरामा आज मानवअधिकार एलायन्सको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै ओलीले आफ्नाे नेतृत्वको दुई तिहाइको सरकार गलत तत्वहरुले सहन नसकेर फालेको  दाबी गरे । पार्टीभित्र र बाह्य शक्तिहरु मिलेर आफ्नो सरकार ढलाएको उनले जिकिर गरे ।

अध्यक्ष ओलीले संसदबाट सरकार बनाउन नसकेर परमादेश ल्याएको आरोप पनि लगाए । ‘जनतामा जान नसकेर परमादेशबाट सरकार ल्याए, संसदबाट होइन, अदालतबाट मुद्दा जितेर सरकार ल्याउने भएपछि लोकतन्त्र किन चाहियो ?’ उनले भने ।

अध्यक्ष ओलीले एक हुल स्यालको प्रसंग निकाल्दै भने, ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएपछि त्यो सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ । त्यसकारण दुनियाँभरीका स्यालहरु हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । त्यसको बैचारिक र व्यवहारिक ढंगले जवाफ दिनुपर्छ ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार १९:३६