२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

मिथिला परिक्रमा क्रममा एक तीर्थालुको मृत्यु

२३ फागुन, महोत्तरी । मिथिला माध्यमिकी परिक्रमा यात्रारत एकजना तीर्थालुको मृत्यु भएको छ । महोत्तरीको मट्टीहानीमा नुहाउने क्रममा एक्कासि बेहोस भएर स्थानीय अस्पतालमा उपचारका क्रममा प्रमिलादेवी साहकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनी भारतको बिहारको मधुबनी जिल्लास्थित बासोपाट्टीकी निवासी रहेकाे आफन्तले बताएका छन् । महिलाको शव जलेश्वरस्थित सान्ती कम्युनिटी अस्पतालमा राखिएको छ ।

आइतबार मात्र मिथिला परिक्रमा मट्टीहानी आइपुगेको थियो । आज पाँचौं दिन तीर्थालुहरूको ठूलो समूह मट्टीहानीबाट जलेश्वर प्रस्थान गरेको छ । आज जलेश्वरमा बास बसेर भोलि तीर्थालुहरु मडडइ जाने छन् । तीर्थालुहरूको व्यवस्थापनलाई ध्यान दिँदै आज जलेश्वरमा सार्वजनिक बिदासमेत दिइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार १६:१२