२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

सुर्खेतका कुनै पनि स्थानीय तहले कार्यसम्पादन मूल्यांकनमा ६० अंक ल्याउन सकेनन्

२३ फागुन, सुर्खेत ।  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा सुर्खेतका कुनै पनि स्थानीय तहले ६० अंक ल्याउन सकेनन् । जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी अंक चिङ्गाड गाउँपालिकाले प्राप्त गरेको छ भने सबैभन्दा कम अंक भेरीगंगा नगरपालिकाले प्राप्त गरेको छ ।

चिङ्गाड गाउँपालिकाकाको ६०.०८ अंक रहेको छ भने भेरीगंगा नगरपालिकाको ४२.४५ अंक रहेको छ । आयोगले सार्वजनिक गरेको कार्यसम्पादन सूचक मूल्यांकबाट प्राप्त अङ्क र तथ्यांकअनुसार सिम्ता गाउँपालिकाले ५८.३१, बराहताल गाउँपालिकाले ४७.९१ र चौकुने गाउँपालिकाले ५१.९० अंक प्राप्त गरेका छन् ।

यस्तै, वीरेन्द्रनगर नगरपालिकाले ९८.९४, गुर्भाकोट नगरपालिकाले ४८.०३, पञ्चपुरी नगरपालिकाले ५९.१० र लेकबेसी नगरपालिकाले ४८.३३ अंक प्राप्त गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम यही मूल्यांकनका आधारमा सिफारिस गर्दै आएको वित्त आयोगले जनाएको छ ।

वित्त आयोगले तयार पारेको उल्लेखित अंक र तथ्यांकमा परिमार्जन हुनुपर्ने ठोस प्रमाण भएमा यो प्रकाशन भएको मितिले ७ दिन पुनरावलोकन लागि वित्त आयोगमा प्रमाण पेस गर्न सकिने आयोगका प्रवक्ता कृष्णबहादुर बोहोराले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार १३:५०