११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

नेपाल बैंकका कर्मचारी र ग्राहकले पोखराको अतिथि रिसोर्टमा ३५ प्रतिशत छुट पाउने

२३ फागुन, काठमाडाैँ । नेपालको पहिलो बैंक नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकहरूलाई पोखरास्थित अतिथि रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट पदान गर्ने सम्झौता भएको छ ।

नेपाल बैंक र अतिथि रिसोर्ट बिच २०७८ फाल्गुण २० गते भएको सम्झौता बमोजिम नेपाल बैंकका डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग, ईन्टनेट बैंकिङ्ग र क्युआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई र नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरूलाई अतिथि रिसोर्टमा आवासमा २५ प्रतिशत, पेय पदार्थमा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट हुने बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

गण्डकी प्रदेशको पोखरामा भएको उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र अतिथि रिर्सोटको तर्फबाट प्रबन्धक निर्देशक भरतराज शर्माले हस्ताक्षर गरेका छन । उक्त कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले अतिथि रिसोर्टले नेपाल बैंकका कर्मचारी र ग्राहकहरुलाई विषेश छुट प्रधान गर्ने निर्णय गरेकोमा रिसोर्ट प्रति आभार व्यक्त गरेका थिए ।

अतिथि रिर्सोटका प्रबन्धक निर्देशक भरतराज शर्माले नेपालको ठूलो र सबल बैंक संग सहकार्य गर्ने पाउँदा खुसी व्यक्त गर्दे आगामी दिनमा यो सहकार्य थप मजबुत हुंदै जाने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा नेपाल बैंक गण्डकी प्रादेशिक कार्यलयका प्रमुख प्रतिमा श्रेष्ठ, नेपाल बैंक बजारिकरण तथा अनुसन्धान डिभिजन प्रबन्धक कृष्णहरी बुढाथोकी, बैंकका कर्मचारीहरु र अतिथि रिसोर्टका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार १२:०१