२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

परम्परागत बाजा संरक्षण अभियानः युवायुवतीले लिए बाँसुरी प्रशिक्षण

२२ फागुन, भक्तपुर । भक्तपुरमा बाँंसुरी बाजा प्रशिक्षण सम्पन्न भएको छ । भक्तपुर नगपालिका वडा–७ गोःमारी यातास्थित सहलह बचत तथा ऋण सहकारी सस्थाद्वारा आयोजित बाँंसुरी बाजा प्रशिक्षण आइतबार सकिएको हो ।

परम्परागत सांस्कृतिक बाजागाजा संरक्षण एवं नयाँ पुस्तालाई प्रशिक्षित गर्ने उद्देश्यले बाँसुरी बाजा प्रशिक्षण कार्यक्रम संचालन गरेको सहकारीले जनाएको छ । भक्तपुर नगरपालिका वडा नं. ९ साकोलाङका गायक तथा संगितकार राजकुमार मानन्धरले प्रशिक्षण दिएका थिए । लकडाउनको समयमा अनलाइनमार्फत कक्षा संचालन गर्दै आएको मानन्धरले जनाए ।

नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालन गरी बिभिन्न समयमा भौतिक उपस्थितिमा समेत कक्षा संचालन गरिएको उनले बताए । प्रशिक्षण २०७७ चैत्र १९ बाट शुरु गरेको जनाइएको छ । कोरोना भाइरसका कारण लकडाउन भएर प्रशिक्षण अवधि लामो लागेको जनाइएको छ । बाँसुरी बाजामा महिला पुरुष गरी जम्मा २१ जना सहभागी रहेका छन् ।

सहभागीहरु सबैलाई एउटै रङ्गको दउरा सुरुवा, टोपी, ईस्टकोट र बाँसुरी आफैले किनुपर्ने र प्रशिक्षण अवधिभर प्रशिक्षकलगायतका अरु खर्च सबै सहाकारीले व्यहोरेको जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आईतवार २१:४५