२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

तनहुँकाे आगलागीको घटनाप्रति वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त

२२ फागुन, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक समितिका संयोजक रामचन्द्र पौडेलले आज दमौलीमा भएको आगलागीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । आज साँझ तनहुँको दमौली आइपुगेका पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

“दमौलीमा भएको आगलागीको घटनाले मलाई निकै दुःखित बनाएको छ”, उनले भने । यस आगलागीको घटनाले जनजीवनलाई आतङ्कित र त्रसित बनाएको भन्दै नेता पौडेलले धैर्यधारण गर्न पीडित परिवारलाई आग्रह गरे । उनले वारुणयन्त्रलाई चुस्त रूपमा राख्न सकेको भए कम क्षति हुने दाबीसमेत गरे । राहत र क्षतिपूर्तिका कार्यक्रम छिट्टै उपलब्ध गराउन आफूले सरकारसँग आग्रह गर्ने बताउँदै उनले घरहरू बनाउँदा विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिए ।

स्थानीय तहहरूले पहिलो प्राथमिकतामा राखेर वारुणयन्त्र खरिद गर्नुपर्ने सुझाव दिँदै नेता पौडेलले आफू प्रधानमन्त्री कहाँ गएर गृहमन्त्रीलाई बोलाएर सिम्रिक एअरको हेलिकप्टर पठाएकोे बताए । कामहरू गर्दा सावधानी र सतर्कता अपनाउन नसक्दा आगलागीका घटना हुन सक्ने भन्दै उनले धनमालको ठूलो क्षति भएकाले पीडितलाई राहतका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आईतवार २१:४१