२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

चार घण्टापछि आगलागी नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

२२ फागुन, दमौली । तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।

आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीको एकिन क्षति प्राप्त नभइसकेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो । “हामी क्षतिको विवरण सङ्कलन गर्दैछौँ, पछि यसबारेमा जानकारी गराउँछौँ”, खड्काले भन्नुभयो ।

x]lnsK6af/ kfgL vGofpFb}
bdf}nL, @@ kmfu’g M
tgx’Fsf] Jof; gu/kflnsf–$ l:yt d’Vorf]ssf] Ps xf8{j]o/ k;ndf cfOtaf/ laxfg nfu]sf] cfuf] lgoGq0fsf nflu x]lnsK6/af6 kfgL vGofOFb} . laxfg !) ah]b]lv nfu]sf] cfuf] tLg 306f x’Fbf klg lgefpg ;lsPsf] 5}g . tl:a/ M s[i0f Gof}kfg]÷/f;;

आगलागीबाट चार÷पाँच घरमा क्षति पुगेको छ । व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफैँ चढेर आएको हेलिकप्टरले आगो निभाउन सहयोग पुगेको थियो । साँघुरो ठाउँ भएकाले दमकल छिराउन समस्या भएको थियो । पछि भूपाल हार्डवेयरसँगै रहेको टहरा डोजरले भत्काएर दमकल छिराइएको थियो ।

सिम्रिक एयरको हेलिकप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पु¥याएको थियो । हेलिकप्टरकै कारण आगलागी छिटो नियन्त्रणमा लिन सकिएको बताइएको छ । आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभञ्जन गण (इ), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आईतवार १५:२५