२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

लायन्स क्लब काठमाडौं गुल्मीद्वारा दुई क्लबलाई चार्टर हस्तान्तरण

२२ फागुन, काठमाडौं । लायन्स क्लब काठमाडौं गुल्मीले दुई क्लबलाई चार्टर हस्तान्तरण गरेको छ । काठमाडौंमा शनिवार आयोजित कार्यक्रममा डिष्ट्रिक गभर्नर विशेश्वर आचार्यले लायन्स क्लब अफ काठमाडौं पूर्णतारा र लायन्स क्लब अफ काठमाडौं एक्मिटिमलाई चार्टर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनलका एरिया लिडर बालकृष्ण बुर्लाकोटीले समाज रुपान्तरणमा लायन्सहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै काठमाडौंमा रहेर पनि गुल्मीका गाउँमा गरेको सहयोगको लागि धन्यवाद व्यक्त गरे ।

लायन्स क्लब अफ काठमाडौं गुल्मीले स्थनपनाको २५ओैँ वर्षगाँठको अवसरमा आफैले खोलेका दुई क्लबलाई चार्टर हस्तान्तरण गरेको हो । गुल्मीले यसै वर्ष तीन क्लब चार्टर गर्न सफल भएको थियो ।

लायन्स क्लब अफ काठमाडौं गुल्मीका अध्यक्ष नवराज पोख्रेलको अध्यक्षता र सचिव लोकेन्द्र मल्लको संचालनमा सम्पन्न कार्यक्रममा पीएमसीसी गिरधारी शर्मा, पास्ट डिष्ट्रिक गभर्नर धनराज आचार्य, ध्रुवबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आईतवार १४:५६