१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

रामप्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीदेखि उपराष्ट्रपतिसम्मको ध्यानर्कषण

२६ साउन, काठमाडौं । जन नायक राम प्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न सर्वथा माग गर्दै प्रधानमन्त्रीदेखि उपराष्ट्रपतिसम्मको ध्यानर्कषणा गराइएको छ । जन नायक राम प्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै राम प्रसाद राई फाउण्डेशन नेपाल र राम प्रसाद राई स्मृती प्रतिष्ठानको संयुक्त पहलमा विज्ञहरुको टोलीसहितले प्रधानमन्त्री केपी शर्मा ओली र उपराष्ट्रपति नन्द बहादुर पुनलाई छुट्टाछुट्टै भेटी ध्यानर्कषण गराइएको हो ।

जन नायक राम प्रसाद राई फाउण्डेशन नेपाल अध्यक्ष शूस्मा राई र प्रतिष्ठान अध्यक्ष तारा राईले संयुक्त रुपमा प्रधानमन्त्री ओली र उपराष्ट्रपति पुनलाई छुट्टाछुट्टै भेटी ज्ञापनपत्र बुझाउनुभयो । ज्ञापनपत्र बुझदै प्रधानमन्त्री ओलीले जन नायक राम प्रसाद राईका विषयमा आवश्यक सरसल्लाह गरेर विवादसहित निर्णय गर्ने बताउनुभयो भने उपराष्ट्रपतिले पनि राईका योगदानको करद गर्न विभुति घोषणा गर्नुपर्छ भन्ने पक्षमा आफू पनि रहेकाले विशेष पहल गर्ने बताउनुभयो ।

यसअघि तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड ) लाई फाउण्डेशनले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाएपछि तत्कालीन दाहाल प्रधानमन्त्री हुँदा मन्त्रीपरिषदमा लगिए पनि विविध कारणले निर्णय हुन सकेको थिएन ।

को हुन् रामप्रसाद राई ?

१९६५ फागुन १८ गते माझकिरात भोजपुरको बासिखोरामा जन्मिएका रामप्रसाद जमदार ध्वजवीर राई र रत्नमायाका कान्छो छोरा हुन् । उनी १९७८ सालमा ब्रिटिस–इन्डिया आर्मीमा भर्ती भएका थिए । नौ वर्ष सेवापछि नाम काटिएर स्वदेश फर्किएका थिए । त्यसलगत्तै नेपाली सेना मिलिसियाका सुबेदार जेठा दाजु जनसिंह राईका साथ लागेर राजधानी काठमाडौं छिरेका उनले निक्कै रोचक र साहसिक काम गरेर तत्कालिन प्रधानमन्त्री भीम समशेरको मत जित्न पुगे अच्चानक ।

सन्दर्भ थियो काठमाडौंको टुडिखेलमा आयोजित घोडेजात्रा । जात्रा विभिन्न प्रदर्शन चलिरहँदा अचानक एउटा घोडा उम्केर जताततै दौडियो । रामप्रसादले त्यो घोडा नियन्त्रणमा लिएर एकफन्को टुडिखेल घुमाइदिए । उनको त्यो कदम देखेर तत्कालीन प्रधानमन्त्री भीमशमशेरले ‘बिनाबर्दीको त्यो को हो रु ययहाँ ल्याऊ’ भनेर आदेश गरेको इतिहासमा हामी पाउँदछौँ ।

त्यतिबेला उनलाई भीमशमशेरले ‘तिमी को हौ रु’ भनेर सोध्दा ‘म माझकिरातको भूपू सेना रामप्रसाद राई हुँ’ भनेर परिचय दिए । ‘लौ तिमी सुबेदारको जागिर खाऊ’ भनेर ठाडो आदेशमा नेपाली सेनामा जागिर सुरु गरे । भीमशमशेरको निधनपछिका प्रधानमन्त्री जुद्धशमशेर कालमा उनी ओखलढुंगा र खोटाङका बिजन दर्ता अधिकारी भए । भोजपुरको सहायक बडाहाकिम, छोटी हुलाकको लप्टन हुँदै बडाहाकिम बने । तर राणाविरोधी राजनीतिक गतिविधिमा संलग्न रहेको सुईंको पाएपछि २००६ सालमा जागिर खोसियो ।

सुरुमा नेपाल प्रजा परिषदमा संलग्न रामप्रसाद पछि कांग्रेसमा संगठित भएर बैरगनिया सम्मेलनमा सहभागी थिए । उनी विचार दृष्टिले कम्युनिस्ट पार्टी निकट थिए । जनमुक्ति सेनाका कमान्डर उनले भोजपुरलगायत पूर्व २, ३ र ४ नम्बर प्रशासनिक क्षेत्र कब्जा गरे । दिल्ली सम्झौताको प्रखर विरोधी उनलाई सिंहदरबार विद्रोह ९२००८० का नायकका रूपमा लिइन्छ । सिंहदरबार विद्रोह असफल भएपछि रामप्रसाद राई र डा। केआई सिंह उपत्यकाबाट भागेर तिब्बततर्फ लागेको इतिहास छ । त्यस क्रममा षडयन्त्रपूर्वक रामप्रसाद मारिए कि लेक लागेर मृत्युवरण गरे भन्नेमा एकमत छैन ।

प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार ०९:१५