सहमतिमै यौन सम्बन्ध राखे पनि कारबाही, १८ वर्षको उमेरसम्म याैन सम्पर्कमा प्रतिवन्ध
२६ साउन, काठमाडाैँ । अागामी भदौ १ गतेदेखि लागू हुने नयाँ ‘मुलुकी संहिता’ अनुसार सहमतिमै यौन सम्बन्ध राखे पनि कारबाही हुने गरी केही प्रावधान अाएका छन । नयाँ कानुनी व्यवस्थाले १६ वर्षमाथिका युवतीसँग पनि राजीखुशीमा राखिने यौनसम्बन्धलाई बलात्कार मानेको छ ।
पुरानो मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका किशोरीसँग राजीखुशीले यौनसम्बन्ध राखे पनि त्यो बलात्कार वा जबरजस्तीकरणी ठहरिने प्रावधान रहेकोमा त्यसलार्इ परिमार्जन गरी १६ वर्षमाथिका महिलासँग राजीखुसीमा यौनसम्बन्ध राखे पनि बलात्कर ठहरिने उल्लेख गरिएको छ ।
नयाँ व्यवस्था अनुसार १८ वर्षभन्दा कम उमेरका महिलासँग राजीखुशीले पनि यौनसम्बन्ध राख्नु बलात्कार ठहरिनेछ । नयाँ कानुनले विवाह गर्न पाउने उमेर हद २० वर्ष तोकेको छ । तर, ऐनले राजीखुशीको यौनसम्बन्धलाई बलात्कार नमानिने उमेर हद १८ वर्षभन्दा माथिलाई मानेको छ । उमेर पुगेका युवाहरूलार्इ पनि यस कानुनी व्यवस्थाले याैनसम्बन्ध राख्न बाधा सिर्जना गरेको छ ।
प्रकाशित मिति : 09:01













