२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

रविन तामाङले गाए ‘चिसो एष्ट्रे’

२१ फागुन, काठमाडौं । गायक रविन तामाङको स्वरमा फिल्म ‘चिसो एष्ट्रे’को शीर्ष गीत ‘चिसो एष्ट्रे’ सार्वजनिक भएको छ । अंग्रेजी भर्सनको गीतमा रविनकै शब्द तथा संगीत छ । दिनेश पाल्पाली निर्देशित फिल्ममा उनको अभियन पनि हेर्न पाइनेछ ।

केही समयअघि उनले अमेजन प्राइममा प्रसारण भएको हिन्दी सिरिज ‘दि लास्ट आवर’मा मुख्य भिलेनको भूमिका निर्वाह गरेका थिए । शीर्ष गीत शुक्रबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको थियो । गीतले युवाहरुको जीवन शैलीलाई अभिव्यक्त गरेको छ ।

फिल्मले देखाउन खोजेको कुरालाई गीतले संक्षेपमा प्रस्तुत गर्ने प्रयास गरेको गायक तामाङले बताए । ‘दिनेशले बनाएको फिल्मलाई मैले गीतमा समअप गरेको हो । धेरैपछि आफ्नो गीत सार्वजनिक हुँदा एक्साइटेड फिल गरिरहेको छु’ उनले भने । फिल्मको टिम र फिल्म कलेजका विद्यार्थीबीच अन्तक्र्रिया भएको थियो । फिल्म होलीको भोलिपल्ट अर्थात चैत ४ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार ११:१२