२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

शैलुङमा एमाले अध्यक्ष ओलीलाई भव्य स्वागत (तस्विरसहित)

२० फागुन, दोलखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शैलुङ साहित्यिक–सांस्कृतिक महोत्सवको उद्घाटन गरेका छन् । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले दोलखास्थित शैलुङ डाँडामा आयोजना गरेको शैलुङ साहित्यिक–सांस्कृतिक महोत्सव–२०७८ को अध्यक्ष ओलीले आज उद्घाटनका गरेका हुन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले नेपालको प्रसिद्ध शैलुङ थुम्कामा आयोजना गरेको महोत्सवमा सो क्षेत्रका आदिवासी जनजातिका झाँकीहरू प्रदर्शन गरेका छन् । अध्यक्ष ओलीलाई शैलुङ गाउँपालिका दोलखा र दोरम्बा शैलुङ गाउँपालिका रामेछापबाट स्वागत गरिएको छ । महोत्सव उद्घाटनअघि अध्यक्ष ओलीले कालिञ्चोक भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार १४:५९