२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियोः महासचिव पोखरेल

१९ फागुन, गोदावरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गर्नुभयो । महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाउनुभयो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार १५:४७