२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

मुख्यमन्त्री राईद्वारा शुभकामना

१९ फागुन प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शेर्पा समुदायले मनाउने महान चाड ग्याल्पो ल्होसार पर्वका अवसरमा देश विदेशमा बस्नु हुने दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, स्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्नुभएको छ ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाइने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार शेर्पा जातीको नयाँ वर्ष हो । प्रकृतिपूजक शेर्पाले यस अवसरमा आफ्ना कूल र प्रकृतिको पूजा गर्ने चर्चा गर्दै उहाँले सबै भाषा, धर्म, संस्कृति र चाडपर्वको संरक्षण एवं सम्वद्र्धन गर्नु राज्य तथा सम्पूर्ण नेपालीको साझा दायित्व हो भन्नुुभयो ।शुभकामना सन्देशमा उहाँले हाम्रा जुनसुकै पर्वहरु राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यस्ता पर्वबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने कामना पनि गर्नुभयो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार १३:२०