२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

हतियार सहित ३ जना प्रहरी नियन्त्रणमा

१८ फागुन, दाङ । लुम्विनी प्रदेश प्रहरी कार्यालय दाङले हतियारसहित तीनलाई पक्राउ गरेको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ राप्ती पुल नजिकैबाट हतियार सहित ३ जना व्यक्ति पक्राउ परेको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो बस्ने वर्ष २९ को सुसान्त के।सी, १२ कोरियनपुर बस्ने वर्ष २८ को दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ को द्धारीका उपाध्याय रहेका छन । उनीहरुलाई ईलाका प्रहरी कार्यालय बनकट्टी बाँकेले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट बाग्मती प्रदेश ०१—०२५ च ३०९७ नं.को गाडी, गाडीको सिट पछाडीको ब्यागमा लुकाई छिपाई राखेको मेडिन युएसए अटोमेटिक पेस्तोल थान (१९एक),गोली ९ राउण्ड, खुडा थान १,(एक), नोक थान २(दुई)बरामद गरिएको छ । बरामद गरिएको हतियार र निज व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार १८:४८