२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

पत्रकार नेत्रविक्रम विमलीको १०९औं पटक रक्तदान

१८ फागुन, झापा । प्रेस क्लब हल्दिवारीका अध्यक्ष सञ्चारकर्मी नेत्रविक्रम बिमलीले १०९औं पटक रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र भद्रपुरमा बुधबार बुधबार बिमलीले १०९औं पटकको रक्तदान गरेका हुन ।

१९ भदौ २०४५ बाट रक्तदान गर्न सुुरु गरेका बिमली नेपाल पत्रकार महासंघ सदस्य अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सदस्य र स्वयंसेवी रक्तदाता समाजको आजिवन सदस्य समेत हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार १७:३९