२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

कुन्जाङ पुटिक तामाङ बनिन् उत्कृष्ट उद्योमी

१७ फागुन, जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–२ की कुञ्जाङ पुटिक लामाले उत्कृष्ट उद्यमी पुस्कार पाएकी छन । उनी जुम्लाबाट उत्कृष्ट उद्यमी बनेकी हुन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले उनलाई जिल्लाकै उत्कृष्ट उद्यमीका रुपमा सम्मानित समेत गरेको छ । लामो समयदेखि तामाङले झोला तथा राडी पाखी उद्योग सञ्चालन गर्दै आएकी छन् ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रकृष्णा देवकोटाले अध्ययनमा तामाङको उद्योग जिल्लाकै उत्कृष्ट भएको बताए । उत्कृष्ट उद्यमी बनेकी तामाङलाई एक लाख रुपैयाँ नगदसहित सम्मान पत्रले सम्मान गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर साकी र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले संयुक्त रुपमा उनलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । तामाङले झोला, राडीपाखी, गलबन्दी, मोजा, लिउ, कालो कम्मल लगायतका सामाग्री उत्पादन गर्दै आएकी छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलवार १६:४८