१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

राजपा पनि सरकारमा, एमालेले थप दुई मन्त्रालय गुमाउने


२१ फागुन, काठमाडौँ । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने कोशिश जारी राखेकै समयमा राष्ट्रिय जनता पार्टी पनि सरकारमा सहभागी हुन आतुर देखिएको छ ।

मधेस र मेधसीका नाममा पटकपटक राज्यको नेतृत्वमा पुगिरहे पनि पछिल्लो समय संविधानमा असन्तुष्टि देखाएर सरकार बाहिर रहेका मधेस केन्द्रीत दलका नेताहरु अब सरकारबाहिर रहन अनिच्छुक देखिएका छन ।

आइतबार बिहानै प्रधानमन्त्री निवासमा महन्थ ठाकुरलाई बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका छन । राजपाकै नेताहरुको आग्रहमा ओलीले ठाकुरसँग भेटघाट गरेका हुन ।

छलफलमा ओलीले राजपालाई पनि सरकारमा आउन आग्रह गरेका छन । उनले आफू संख्या देखाउने भन्दा पनि देश बनाउने उद्देश्यले प्रधानमन्त्री भएको भन्दै देश बनाउनका लागि राजपालाई पनि सँगै लिएर जान तयार रहेको बताएका छन ।

सरकारमा आउन प्रधानमन्त्रीले गरेको आग्रहलाई राजपा अध्यक्ष ठाकुरले पनि सकारात्मक रुपमा लिएका छन् । उनले प्रधामन्त्रीको आग्रह सकारात्मक रहेको भन्दै सरकारमा सहभागी हुने बारेमा आफ्नो पार्टीमा छलफल गर्ने बताएका छन ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७४, आईतवार २०:५१